७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सेनाको सांगठनिक संरचना परिवर्तन


0
Shares

काठमाडौं, साउन १ । साउन १ गतेदेखि नेपाली सेनाको सांगठनिक स्वरुप परिवर्तन भएको छ ।

परिवर्तन गरिएको सांगठनिक स्वरुप अनुसार अब नेपाली सेना ३ प्लस १ को कमाण्ड संरचनामा गएको छ । जस अनुसार नेपाली सेनामा चार वटा कमान्ड हेडक्वार्टर रहने छन् । पूर्वी कमाण्ड, मध्य कमाण्ड, पश्चिम कमाण्ड र उपत्यका कमाण्ड गरी चार वटा कमाण्ड हेडक्वाटर रहने छन् ।

पूर्वी, मध्य र पश्चिम कमाण्डलाई कोशी, गण्डकी र कर्णाली नदीको आधारमा विभाजन गरिएको छ भने उपत्यकामा छुट्टै कमाण्ड राखिएको छ । यस अघिसम्म सात प्रदेश र उपत्यका गरी आठ वटा पृतना रहेका थिए । सेनाको सांगठनिक पुनर्संरचनालाई गत असार २४ गतेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेपछि लागू गरिएको सेनाले जनाएको छ ।

राष्ट्रिय सुरक्षा नीति २०७५ कार्यान्वयनको एकिकृत कार्ययोजना र नेपाली सेनाको दिर्घकालिन सोच २०८७ लाई आधार मानेर सांगठनिक पुनर्संरचना गरिएको पनि सेनाले जनाएको छ । सांगठनिक पुनर्संचरनाको कार्यान्वयन २०८१ सालको असार मसान्तसम्म पूर्ण रुपमा कार्यान्वनय भइसक्ने पनि सेनाले जनाएको छ ।

प्रधान सेनापति पूर्णचन्द्र थापाले शुक्रबार नै चारवटै कमाण्ड हेडक्वाटरका प्रमुखलाई कमाण्डको झण्डा हस्तान्तरण गर्नुभएको छ ।