१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025


ट्याक्टरले किचेर एकको मृत्यु


0
Shares

चितवन, मंसिर १० । भरतपुर महानगरपालिका–२६ खयरघारीमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गैँडाकोटका ५५ वर्षीय खागिराम रानामगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार राति ११ बजे ना७त ४७० नं को ट्याक्टरमा धान लोड गरेर ल्याउने क्रममा ट्याक्टरबाट खस्दा रानामगरलाई पछाडीको चक्काले किचेको थियो ।

उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस