
काठमाडौं, साउन ३ । प्रतिनिधि सभाको आज बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुहुने भएको छ ।
सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदको दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची बनाएको हो ।
यसै प्रयोजनका लागि कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराइसक्नुभएको छ ।
त्यसअघि बस्ने पहिलो बैठकमा भने राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरु पढेर सुनाउने, अध्यादेशहरु पेश गर्ने तथा शोक प्रस्ताव पेश गरिने कार्यसूची छ ।
सर्वोच्च अदालतबाट दोस्रो पटक पुनर्स्थापित प्रतिनिधि सभाको आज पहिलो बैठक आह्वान गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्