
काठमाडौं, साउन ३ । नेकपा एमालेकी नेतृ एवं प्रतिनधि सभाकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने प्रष्ट गर्नुभएको छ ।
प्रतिनिधि सभालाई पूरा कार्यकाल सञ्चालन गर्नका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने भन्दै सामाजिक स१जालम ालेख्नुभएको छ, ‘हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो । हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं ।
सांसद झाँक्रीको प्रस्ताव त निवेदक सांसदले मात्र नभई एमालेले संस्थागत रुपमै निर्णय गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने रहेको छ, ‘हामीले ७६(५) को प्रमको लागि संघिय संसदका माननीय सदस्य माननीय शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ । १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौँ। अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो ।’
झाक्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत विश्वासको यस्तो लेख्नुभएको छ, ‘सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ। त्यसो गर्न सकिदैन भने सांसदहरूलाई संसदको पुरा कार्यकाल संचालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं। यदि त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौ ।’
सर्वोच्च अदालतको आदेशबाट ब्यूतिएको प्रतिनिधि सभा र प्रधानमन्त्री देउवाले आज अपराह्न संसदमा विश्वसको मत लिन लाग्नुभएको हो । तर एमाले र जनता समाजवादी भने यस विषयमा विभाजित रहेको छ ।
एमालेमा माधव नेपाल पक्ष देउवालाई मत दिने तथा अध्यक्ष केपी ओली पक्ष मत नदिने पक्षमा रहँदा जसपामा उपेन्द्र यादव पक्ष दिने तथा महन्थ ठाकुर नदिने पक्षमा उभिएको छ ।
प्रतिक्रिया दिनुहोस्