१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025

लैङ्गिक हिंसा अन्त्यका लागि साईबर सुरक्षाको महत्व


0
Shares

काठमाडौं, मंसिर १० । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मंगलबार युवा र महिला सम्बन्धमा नेपालमा साईबर सुरक्षा र महत्वबारे अन्तक्र्रिया कार्यक्रम भएको छ ।

कार्यक्रममा सहभागीहरुलाई इन्टरनेट, समाजिक सञ्जाल लगायत प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीहरुबारे जानकारी दिएको थियो ।

कार्यक्रममा प्रहरीले अपराधिक गतिबिधिहरु रोकथाम गर्ने प्रयासहरु गरिरहेको बताए ।

यस वर्ष प्रहरीले ९ हजार सचेतनामूलक कार्यक्रमहरु गरेको छ ।

प्रहरीले सामुदायिक सचेतना तथा अपराध रोकथाम, प्रहरी विद्यालय सम्पर्क कार्यलय, सीसी टीभी लगायतका प्राविधिक सुरक्षा उपकरणहरु स्थापना र विस्तार गर्ने कार्यहरु गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ ।