३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


पत्रकार विनयकुमार कसजूको निधन


0
Shares

काठमान्डौं, मंसिर १० । राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त तथा राष्ट्रिय समाचार समिति (रासस) का पूर्व सञ्चालक समिति सदस्य विनयकुमार कसजूको मंगलबार  निधन भएको छ ।

ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहनुभएका कसजूको मंगलबार दिउँसो निधन भएको हो ।

 मुटु र श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित भएका उनी गत कात्तिक १९ गते अस्पताल भर्ना भएका थिए। गुल्मीको रिडीमा २००४ सालमा जन्मिनुभएका कसजूका श्रीमती र तीन छोरा छन् ।

उनका दुई सयभन्दा बढी बालकथा प्रकाशित छन् ।

नेपालको ग्रामीण पत्रकारिता र सामुदायिक रेडियोका अभियन्ता कसजूले देउराली पत्रिका प्रकाशनसमेत गरेका थिए ।

कसजूले बालबालिकालाई कविता र कथा लेख्न सिकाएका थिए । रासस