१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कार्यदलको प्रतिवेदनमा नेता नेपालले असहमति जनाएको पोखरेलको भनाइ, तीन महिनाको मिहिनेत खेर गएको टिप्पणी


0
Shares

Shankar pokhrel-uml

काठमाडौं, साउन ३ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता कार्यदलले बनाएको दश बुँदे प्रतिवेदनमा असहमति जनाउनुभएको छ ।

कार्यदल सदस्य एवं एमाले नेता शंकर पोखरेलले कार्यदलको प्रतिवेदनमा नेपालले अहसमति जनाएको जानकारी दिनुभएको हो ।

नेता नेपाललाई भेटेर फर्किएपछि नेता पोखरेलले सामाजिक सञ्जालमार्फत् कार्यदलको प्रतिवेदनमा नेपालले अहसमति जनाएको सार्वजनिक गर्नुभएको हो ।

आफ्नो फेसबुक पेजमा पोखरेलले तीन महिनादेखिको मिहिनेत खेर गएको भन्दै लेख्नुभएको छ, ‘माधव नपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो ।’

कार्यदलमा रहेका सदस्यहरूले आइतबार बिहान नेता नेपालसँग कोटेश्वरस्थित निवासमा भेट गर्नुभएको थियो ।

नेता नेपाल र अध्यक्ष केपी ओलीले एमाले एकताको आधारहरु पेश गर्न दुबै पक्षका नेता सम्मिलित दश सदस्यीय कार्यदल बनाउनुभएको थियो ।

पोखरेल यसो भने पनि कार्यदलमै रहेका अर्का सदस्य गोकर्ण विष्टले भने नेता नेपालले कुनै प्रतिक्रिया नदिएको सञ्चारमाध्यमलाई बताउनुभएको छ ।