२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बर्दियामा जंगली जनावरको आक्रमणबाट एक जनाको मृत्यु


0
Shares

बर्दिया, साउन ३ । जंगली जनावरको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

शिवपुरफाँट सामुदायिक वनमा भैंसी चराउन गएका ठाकुरबाबा नगरपालिका वडा नं. ६ का गोरे थापाको शव ओरही खोलाको बाँध नजिकै फेला परेको हो ।

शरीरका विभिन्न भागको मासु खाएको अवस्थामा थापाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख इश्वर कार्कीले जानकारी दिनुभयो ।