१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


प्रधानमन्त्री देउवा खोप केन्द्रहरुको निरीक्षणमा जाने, सोमबारदेखि जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै


0
Shares

काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार काठमाडौंमा रहेका खोप केन्द्रहरुको निरीक्षण गर्न जाने हुनुभएको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यससम्बन्धि जानकारी दिएको हो । सोमबार साउन ४ गतेबाट अमेरिकाले अनुदानमा दिएको कोरोना भाइरसविरुद्ध जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै छ ।

प्रधानमन्त्री देउवाले उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेल लगायतका केन्द्रको स्थलगत निरीक्षण गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

प्रधानमन्त्री देउवाले आइतबार नै स्वास्थ्य मन्त्रालय, मन्त्रालयका सचिव तथा स्वास्थ्य विभागलाई खोप खरीदको प्रक्रियालाई चुस्त पार्न निर्देशन दिनुभएको थियो ।