२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अधिवक्ता रावल कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा चयन


0
Shares

काठमाडौं, साउन ३ । अधिवक्ता तेजबहादुर रावल नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य बन्नुभएको छ ।

प्रधानमन्त्री तथा पार्टी सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले रावललाई समिति सदस्यमा मनोनयन गर्नुभएको हो ।

देउवाले आइतबार एक विज्ञप्ती जारी गर्दै रावललाई रिक्त रहेको निर्वाचन समिति सदस्यमा दलको विधान को धारा २५ को उपधारा ९ मनोनयन गरिएको जानकारी दिनुभयो । यसअघि, शनिबारमात्र अधिवक्ता खम्मबहादुर खातीले समिति सदस्य पदबाट राजीनाम दिनुभएको थियो ।

खातिले देउवा नेतृत्वको सरकारले महान्यायधिवक्तवा बनाएसँगै राजीनामा दिनुभएको हो ।