२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक, राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र र अध्यादेश पेश


0
Shares

Samsad-baithak-3rd-Saun2078

काठमाडौं, साउन ३ । पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक शुरु भएको छ ।

संसद भवन नयाँबानेश्वरमा शुरु भएको पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरु पढेर सुनाइएको छ भने अध्यादेशहरु पेश गरिएको छ । कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, गृहमन्त्री बालकृष्ण खाँड, गृहमन्त्री जनार्दन शर्मालगायतले विभिन्न अध्यादेश संसद बैठकसमक्ष पेश गर्नुभयो ।

आजै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै हुनहुन्छ ।

सर्वोच्च अदालतबाट दोस्रो पटक पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकको दिन नै प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लाग्नुभएको हो ।

प्रधानमन्त्री देउवालाई नेपाली कांग्रेस, नेकपा एमालेका माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्ष र जनमोर्चाका सांसदले मत दिने निश्चित भएको छ ।