
बारा, साउन ३ । बाराको पथलैयास्थित प्रहरी कार्यालयमाथि प्रहरीको केन्द्रीय विभागले अनुसन्धान र कारवाही थाल्ने भएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले कार्यालयकै गेटको चेकपोष्टमा अवैध रकम संकलन गरेको समाचार सार्वजनिक भएपछि केन्द्रीय प्रहरी विभागले कारवाही गर्ने भएको हो । कार्यालयको गेटमै संचालित चेक पोष्टमा प्रदेश प्रमुख प्रहरी उपरिक्षक हिमालय श्रेष्ठको प्रत्यक्ष निगरानी हुँदा पनि सार्वजनिक यातायातका रात्री बस र टाटा सुमोलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालन नगरेको र विभिन्न खाले पासका कारण देखाएर एक हजारदेखि दुई हजार रुपैयाँसम्म रकम असुल्ने कार्यलाई रोक्ने प्रयास नगरेको आरोप छ ।
नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता बसन्त कुँवरले कल्पनै गर्न नसकिने काम पथलैया प्रदेश ट्राफिक प्रहरी कार्यालयले गरेकाले अनुसन्धान र कारवाहीको प्रक्रया अगाडी बढाइने बताउनुभयो ।
पथलैया ट्राफिक प्रहरीले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातसँग प्रदशकै विभिन्न स्थानमा समेत रकम असुल्न थालेपछि यात्रुसँग साबिकभन्दा तेब्बर भाडा असुल्ने गरेको यातायात संचालकहरु बताउँछन ।
प्रदेश २ कै आर्कषक दरबन्दी मानिने प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयामा रकमको व्यापक चलखेल हुने हुँदा प्रहरीदेखि प्रदेश प्रमुखसम्म राजनीतिक पहुँचबाट तथा ठुलो रकम दिएर दरबन्दीमा आउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्