१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


ओली र देउवाले प्रधानमन्त्री निवासको दुरूपयोग गरेको भन्दै अधिवक्ता अर्यालले दिए उजुरी


0
Shares

काठमाडौं, साउन ३ । बालुवाटारस्थित सरकारी स्थान प्रधानमन्त्री निवासको प्रधानमन्त्रीहरुबाट दुरूपयोग गरिएको भन्दै उजुरी दर्ता गरिएको छ।

अधिवक्ता ओमप्रकाश अर्यालले सार्वजनिक सूचना उपलब्ध गराउन माग गर्दै मन्त्रिपरिषदसँग माग गर्नुभएको हो ।

संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिम निवर्तमान प्रधानमन्त्री केपी ओलीको कार्यकालमा बालुवाटारमा बसेको तत्कालीन नेकपा र एमालेको राजनीतिक तथा संसदीय दलका बैठक संख्या कति हो भन्दै अर्यालले सूचना माग्नुभएको छ ।

अधिवक्ता अर्यालले दलीय बैठकमा भएको सरकारी खर्चको विवरणसहितको जानकारी माग गर्नुभएको हो ।

अर्यालले वर्तमान प्रधानमनत्री शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएयता बालुवाटारमा आयोजित नेपाली काँग्रेसको बैठक संख्या र त्यो बैठकमा गरिएको सरकारी खर्चको विवरण पनि माग्नुभएको हो ।