१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


त्रिविको ६२ औं वार्षिक दिवसमा कुलपतिनै अनुपस्थित


0
Shares

दिपेन्द्र अधिकारी
काठमाडौं, साउन ३ । त्रिभुवन विश्वविद्यालयको ६२ औं बार्षिक दिवस प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अनुपस्थितिमै बसेको छ । प्रधानमन्त्री देउवा संसदमा विश्वासको मत लिन ब्यस्त हुनुहुन्थ्यो । शिक्षामन्त्री नियुक्त नभएकाले उपकुलपतिको पनि उपस्थिति हुन सकेन । शिक्षाविद्हरुले भने प्राज्ञिक थलोलाई स्वायत्त राख्न राजनीतिक व्यक्तिहरुको अनुपस्थितिलाई सकारात्मक रुपमा लिनु पर्ने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको ६२ औं बार्षिक दिवस बैठकमा प्रधानमन्त्री तथा विश्व विद्यालयका कुलपति शेरबहादुर देउवा सहभागी हुनुभएन । उहाँ संसदमा विश्वासको मत लिने व्यस्त हुनुहुन्थ्यो । विश्वविद्यालयको सहकुलपति शिक्षामन्त्री रहने व्यवस्था छ । ५ थान मन्त्री नियुक्त गर्नुभएका प्रधानमन्त्री देउवाले शिक्षामन्त्री नियुक्त गर्नुभएको थिएन । यसैले कुलपति देउवाले सभाको अध्यक्षता गर्ने अख्तियारी उपकुलपति धर्मकान्त वास्कोटालाई समय व्यस्तताका कारण गरिदिन आग्रह गनुएभको थियो ।

सिनेटमा सहकुलपति तथा कुलपति सहभागी नभएकोे बिरलै घटना यसपटक भयो । देशको ८० प्रतिशत विद्यार्थी अध्ययनरत विश्वविद्यालयमा कुलपति सहभागि हुनुपर्ने त्रिभुव विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. केदारभक्त माथेमा बताउनुहुन्छ ।

प्राज्ञिक थलोलाई राजनीतिक नियुक्ति र हस्तक्षेपबाट टाढा राख्नुपर्ने आवाज उठिरहेको बेला राजनीतिक व्यत्तिको अनुपस्थितिलाई सकरात्मक रुपमा लिनु पर्ने शिक्षाविद प्रा.डा. विद्यानाथ कोइराला बताउनुहुन्छ ।
हो, देशका मन्त्री तथा प्रधानमन्त्रीले धेरैजसो संस्थाको प्रमुखको पदीय जिम्मेवारी लिँदा कामको बढी भार पर्न गइ न्यूनतम कार्य अनुगमन गर्नेसमेत ल्याकत राख्दैनन् । काम गर्ने समय नै नपाउने व्यक्ति प्रमुख हुँदा सिङ्गो विश्वविद्यालयलाई पक्षघात भएको छ । त्यसैले स्वायत्त संस्थाको कार्यकारी पनि स्वायक्त प्रक्रियाबाट हुनेपर्ने आवाज बलियो बनेको हो ।

बार्षिक दिवस बैठकले दिक्षान्त समारोहमा सहभागी हुने २९ हजार ७ सय २९ विद्यार्थीको नामावली अनुमोदन गरेको छ । कोरोना भाइरसले निम्त्याएको विषम परिस्थितिका कारण समयमा परीक्षा हुन नसक्दा र ट्रान्सक्रिप्ट लिन नसक्दा धेरै विद्यार्थिहरुको नाम ग्रेस लिष्टमा पर्न सकेको छैन । त्रिविको ४७ औँ दीक्षान्त समारोह सन् २०२१ भित्र गर्ने भनिएपनि मिति तय हुन सकेको छैन ।