
काठमाडौं, साउन ३ । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मागेको विश्वासको मतसम्बन्धि छलफलमा भाग लिँदै ठाकुरले नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले आफूसँग मत मागेकाले मत दिन बचन दिएको जानकारी दिनुभयो ।
देउवालाई आफ्नो मुद्दा सम्बोधन गर्ने बचन दिएकाले आफ्ना सांसदहरुले मत दिने उहाँले बताउनुभएको हो ।
संसद पुनर्स्थापना भएसँगै ठाकुर पक्षमा रहेका सांसदहरु उपेन्द्र यादवतिर लाग्न थालेका थिए । सांसद ठाकुर पक्षका प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल आइतबार मात्र उपेन्द्र यादव पक्षमा पुगेका थिए । यसैगरी, रुही नाज मिकरानी र ओली नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी रेणुका गुरुङ पनि यादव पक्षमा लाग्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्