२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सरकारको प्राथमिकता खोप, खोप र खोप मात्र, जीवन रहे विकास–प्रधानमन्त्री देउवा


0
Shares

sherbahadur deuba

काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप भएको प्रष्ट गर्नुभएको छ ।

प्रतिनिधि सभामा आफूले मागेको विश्वासको मतसम्बन्धि प्रस्तावमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले सरकारको प्राथमिकतामा खोपमात्रै रहेको उल्लेख गर्दै भन्न्ुभयो, ‘पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमकिता खोप, तेस्रो प्राथमिकता खोप ।’

विकास भन्दा नागरिकको जीवन रक्षा आफ्नो प्राथमिकतामा रहेको भन्दै प्रधानमन्त्री देउवाले निवर्तमान प्रधानमन्त्री केपी ओली प्रतिनिधिसभा बैठकमा उपस्थित नभएमा दुःखेसो पनि गर्नुभयो ।

ओली नआएको र संसदमा एमालेका तर्फबाट पार्टी प्रवक्तासमेत रहेका सांसद प्रदीप ज्ञवालीले धारणा राखेकामा पूर्वसभामुखसमेत रहेका एमाले दलका उपनेता सुवास नेम्बाङले नबोलेकामा संविधान बनाउन महत्वपूर्ण भूमिका खेलेका उहाँलाई अफ्ठ्यारो लागेको होला भन्ने टिप्पणी पनि उहाँले गर्नुभयो ।

देउवाले लिम्पियाधुरासहितको नेपालको नक्शा सबै दलको समर्थनमा पारित गरेको सम्झाउँदै एक्लै जस नलिन नेकपा एमालेलाई खवरदारी गर्नुभयो ।