७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


मत दिने बेलामा पुगे ओली संसदमा, हात मिलाउँदै दिए देउवालाई बधाई


0
Shares

काठमाडौं, साउन ३ । प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले मागेको विश्वासको मत सम्बन्धि छलफल चलिरहुन्जेल अनुपस्थित नेकपा एमालेका अध्यक्ष केपी ओली मत दिने बेलामा भने बैठक कक्षमा पुग्नुभएको छ ।

मत दिने बेला टुप्लुक्क बैठकमा प्रवेश गर्नुभएका ओलीले प्रधानमन्त्री देउवालाई हात मिलाएरै बधाई तथा शुभकामना पनि दिनुभयो ।

यसअघि ओली प्रधानमन्त्री देउवाको शपथ कार्यक्रममा पनि उपस्थित हुनुभएको थिएन ।