
काठमाडौं, मंसिर ११ । काठमाडौंको प्रसिद्ध शक्तिपीठ इन्द्रायणी लुति अजिमाको जात्रा सम्पन्न भएको छ ।
बालाचतुर्दशीको एक दिन अघि शुरु भएको अजिमाको जात्रामा इन्द्रायणीसँगै शोभा–भगवती, स्वांछपु गणेश, भ्वरी गणेश, मांखा र ज्वालामाइ गरी छ वटा खटमा राखी देव–देवीको जात्रा मंगलबार मध्य रातमा सम्पन्न भएको हो ।
बाला चतुर्दशीको दिन बेलुकी खटलाई इन्द्रायणी पीठबाट थँहितिमा राखेर सबै खटलाई नगर परिक्रमा गराइन्छ । लुति अजिमालाई पाशुपत परिसरमा रहेको वत्सला माजुको छोरी भनिन्छ ।
अहिले पनि जात्राको दिन इन्द्रायणी पीठमा थँहितिका मानन्धर समुदायले सुंगरको मासु राखी मरःजा तान्त्रिक भात खुवाउने गरिरहेका छन् ।
लुति अजिमाको जात्रा गुणकामदेवको पालादेखि सुरु भएको भाषावंशावली उल्लेख रहेको छ ।
बालाचतुर्दशी अघिल्लो रात तान्त्रिक विधि अनुसार ३२ थरि विभिन्न अन्नका साथै सर्प, भंगेरा, परेवा, फट्याङग्रा, माछा र राँगाको टाउको होममा आहुति गरेर सर्पाहुति होममा गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्