८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


कांग्रेस महाधिवेशनमा भौतिक उपस्थित हुन नसके ‘डिजिटल भोटिङ’ गर्ने निर्णय


0
Shares

काठमाडौं, साउन ५ । नेपाली कांग्रेसको आगामी १४ औं महाधिवेशनमा भौतिक उपस्थित नभए ‘डिजिटल भोटिङ’ गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेसले पार्टीको आगामी १४औं महाधिवेशमा कोरोनाका कारण भौतिक उपस्थित हुन सक्ने अवस्था नभए ‘डिजिटल भोटिङ’ गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेसले मंगलबार एक विज्ञप्ती जारी गर्दै ‘डिजिटल भोटिङ’ को अवधारणालाई अन्तिम रुप दिइसकिएको जनाएको हो ।

‘कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बाबजुद विभागले ‘डिजिटल भोटिङ’को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको छ’ विज्ञप्तिमा भनिएको छ ।