
धरान, साउन ५ । अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले खोजी गरिरहेका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा शाखा प्रमुख कमल रायमाझी फरार भएका छन् ।
प्रहरीले अभद्र व्यवहार ऐनअन्र्तगत मुद्दा दर्ता गरेका रायमाझीलाई निलम्बन गर्नुपर्ने भए पनि प्रतिष्ठानले निलम्बन गर्नको साटो संरक्षण गरेको पाइएको छ ।
आइतवार राती मादक पदार्थ सेवन गरी प्रतिष्ठानका डा. विप्लव कार्कीको निवासमा गएर धम्की दिँदै दुव्र्यवहार गरेपछि रायमाझीविरुद्ध इलाका प्रहरी कार्यालय धरानले अभद्र व्यवहारमा किटानी जाहेरी दर्ता गरेको छ ।
रायमाझीलाई कारवाही गर्नको साटो प्रतिष्ठानका उपकुलपतति डा. ज्ञानेन्द्र गिरी र रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले संरक्षण गरेको भन्दै प्रतिष्ठानका चिकित्सकहरु आज पनि काममा फर्किएका छैनन् । रायमाझी विरुद्ध प्रहरी कार्यालयमा जाहेरी दर्ता भएपछि उनलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीबाट प्रहरीले अनुमति लिएको छ ।
बिपी प्रतिष्ठानका सहायक प्रवक्ता डा.चुडामणि पोखरेलले लेखा अधिकृत रायमाझी विरुद्ध मुद्दा दर्ता भएको आधिकारीक जानकारी नआएकाले उनलाई निलम्बन नगरिएको बताउनु भयो । रायमाझी सोमवारदेखि मोवाइल अफ गरेर फरार छन् । तत्काल लेखा शाखा प्रमुख रायमाझीलाई पक्राउ नगरेसम्म चिकित्सकहरु काममा नफर्किने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्