
मकवानपुर, साउन ५ । मकवानपुर प्रहरीले एक बर्षको अवधिमा लागूऔषधसहित १ सय ५१ जनालाई पक्राउ गरेको छ ।
लागूऔषध ओसार पसारमा संलग्न उनीहरुलाई अदालतमा मुद्दा चलाएको मकवानपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायब निरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा अधिकांश पुरुष रहेका छन् । तीमध्ये १ सय ३९ जना नेपाली र ३ जना भारतीय पुरुष रहेका छन् । यस्तै पक्राउ पर्नेमा ९ जना नेपाली महिलाहरु रहेका छन् ।
प्रहरीले आर्थिक वर्ष २०७७/०७८ को एक वर्ष अवधिमा सबैभन्दा धेरै असार महिनामा ३३ जनालाई लागूऔषध सहित पक्राउ गरेको प्रवक्ता रिमालले बताउनुभयो ।
प्रहरीले एक वर्षको अवधिमा २ हजार ३ सय ८३ केजी गाँजा बरामद गरेको छ । मकवानपुर भएर भारत निकासी गर्न लागिएको गाँजा नियन्त्रणमा लिएको हो । गाँजा सहित धेरै सवारीका साधन पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्