
काठमाडौं, साउन ५ । क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै बारा र सर्लाहीका कांग्रेस नेता तथा कार्यकर्ताहरु सानेपामा आमरण अनसनमा बसेका छन् ।
कांग्रेसका नेता डा. शेखर कोइरालाले धर्नामा बसेका बारा र सर्लाहीका नेता तथा कार्यकर्ताहरुको गुनासो सुन्दै ऐक्यवद्धता जनाउनुभएको हो ।
कोइरालाले पार्टीको विधान भन्दा बाहिर गएर पार्टी कब्जा गर्ने मनसायबाट मनोमानी ढंगले बाँडिएको सदस्यता कुनै पनि हालतमा स्विकार्य नहुने बताउनुभयो ।
उहाँले बिधान विपरित बाडिएका क्रियाशील सदस्यता खारेज हुन पर्ने बताउनुभयो ।
क्रियाशील सदस्यतामा भएको धाधली बिरुद्धको लडाइँमा आफु सधैं सँगै रहेको र यसप्रकारको लडाइँमा अन्तिमसम्म साथ दिने प्रतिबद्धता जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्