३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


चालकले ‘मादकपदार्थ सेवन गरी’ टिपर चलाउँदा दुर्घटना, तीनजनाको मृत्यु, १३ घाइते


0
Shares

सिमकोट, मंसिर ११ । हुम्लाको सिमकोट गाउँपालिका–७ को लाग्नाडाँडामा बुधबार साँझ टिपर पल्टिँदा तीनजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

नेपाल खाद्य संस्थानको चामल र अन्य बन्दोबस्तीको सामानसहित सदरमुकाम सिमकोटतिर आउँदै गरेको लु४ख ३२६९ नम्बरको टिपर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा नाम्खा गाउँपालिका–१, हेप्कागाउँका तान्ज्योत लामा, छिरिङ लामा र नोरी लामा रहेका छन् ।

टिपर सडकभन्दा करिब ३० मिटर तल खसेको छ ।

घाइतेहरुको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको र अधिकांशको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

टिपरचालक काभ्रे जिल्ला बुद्ध नगरपालिका–११, भालुखर्कका आनन्द तामाङलाई स्थानीयवासीले नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका छन् ।

चालकले मादकपदार्थ सेवन गरेका कारण दुर्घटना भएको स्थानीयवासीले बताएका छन् ।

दुर्घटनामा के–कति हताहत भए भन्ने अनुसन्धान र घाइतेहरुको उद्धारका लागि प्रहरी सहायक निरीक्षकसहितको १३ जनाको टोली घटनास्थलमा पुगेको छ ।

घाइतेको अवस्था बुझ्नको लागि कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल अस्पतालमा गएका थिए । रासस