
प्रतिनिमुलक तस्वीर
कपिलवस्तु, साउन ५ । कपिलवस्तुको शिवराज नगरपालिकाले निर्माण गरेको सडक ५ महिनामै भत्किएको छ ।
नगरको बहुवर्षिय योजना अन्तर्गत शिवराज नगरपालिका ५ बुडिडहवादेखि सुन्दरपुर स्कुलसम्मको अधिकांश सडक भास्सिएको छ ।
२ सय ८७ मिटर लामो सडकखण्ड भासिएपछि स्थानियहरुले नगरपालिकामाथि प्रश्न उठाउन थालेका छन् । नगरपालिकाको झण्डै १७ लाखको लागतमा निर्माण भएको सडक गुणस्तरहिन बन्दा नगरपालिकाले भने अहिलेसम्म चासो दिएको छैन् ।
सरकारी रकम कालोपत्रेको नाममा चरम दुरुपयोग गरिएको भन्दै सर्वसाधारण आक्रोशित बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्