३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


अल्बानियामा भूकम्पले २४ जनाको मृत्यु


0
Shares

काठमाडौं, मंसिर ११ । अल्बानियामा मंगलबार गएको ६ दशमलब ४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण मर्नेको संख्या २४ पुगेको छ ।

६ सय ५० भन्दा बढी घाईते भएका छन् । मृत्यु हुनेमा भूकम्पको केन्द्रविन्द्र नजिकका तटिय शहर डुरेस् र थुमाने शहरका रहेका छन् ।

स्थानीय समय अनुसार बिहानको समयमा राजधानी तिराना भन्दा ३० किलोमिटर पर केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पका कारण धेरै घरहरु ध्वस्त भएका छन् ।

भग्नावशेषमा च्यापिएकोहरुको उद्धार जारी रहेको अधिकारीहरुले जनाएको छ ।

भूकम्पपछि लगातार पराकम्पहरु गएको छ । यो भूकम्पअल्बानियामा आएको दशकौं यता कै शक्तिशाली भूकम्प हो । एजेन्सी