
काठमाडौं, साउन ५ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठक सकिएको छ ।
मंगलबार नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको बैठकले समसामयिक विषयका साथै आफ्नो पक्षमा कसरी सांसदको संख्या बढाउने भन्ने विषयमा छलफल गरेको नेपाल पक्षका सांसद विरोध खतिवडाले बताउनुभयो ।
बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेको हो ।
आफूहरुलाई नागरिक र अदालतले साथ दिइरहेको भन्दै उहाँले आफूहरु जहिल्यै सत्यको बाटोमै हिँडेको बताउनुभयो ।
अहिले चलाइएका प्रपोगाण्डा मिडिया खपथको लागि भएको र एमाले केन्द्रीय समिति बैठकले २२ जनालाई २४ घण्टे स्पष्टिकरणको पत्र अहिलेसम्म कसैले पनि नपाएको उहाँको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्