१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आईटी आर्मीले नागरिकलाई सुसूचित गर्छ : टोपबहादुर रायमाझी


0
Shares

काठमाडौं, साउन ५ । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले देशमा प्रतिक्रान्ति भएको बताउनुभएको छ ।

आज आईटी आर्मीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता रायमाझीले सर्वोच्च अदालतले राजनीतिक नियुक्ति गरेजसरी प्रधानमन्त्री नियुक्त गरी देशमा प्रतिक्रान्ति गरेको बताउनुभयो । सर्वोच्च अदालतको फैसलाले राजनीतिक पार्टीको औचित्य समाप्त पारिदिएको उहाँको भनाई छ ।

एमाले नेता प्रभु साहले राज्यका अंगहरुबीचको सन्तुलन कायम हुन नसकेको बताउनुभयो । सर्वोच्च संस्था राष्ट्रपतिले गरेको निर्णयलाई पनि उल्ट्याउने स्थिति बनेको भन्दै उहाँले न्यायाधिशहरुको भुमिका न्याय दिने नदेखिएको उहाँले बताउनुभयो । आईटी आर्मिले राज्यका निकायमा भएका कमी कमजोरीहरुलाई औँल्याउँदै जनतालाई सुसुचित गराउनु जरुरी रहेको उहाँको भनाई छ ।

एमालेमा गएका पूर्व माओवादी नेताहरुले श्रमजीवी तथा उत्पिडित जनताको मुक्ति तथा मुलुकमा सामाजिक न्याय, सुशासन, सदाचार, स्थायित्व, समृद्धि र विकास सहित समाजवादी व्यवस्था निर्माणमा सहयोग गर्ने भन्दै आइटी आर्मि गठन गरेका छन् । चन्द्र भुषण साहको संयोजकत्वमा १५१ सदस्यीय केन्द्रीय कमिटी रहनेगरी तिनै तहमा संगठन निर्माण गर्नेगरी आईटी आर्मि घोषणा गरिएको हो ।