२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


दाङमा बाघको छालासहित २ जना पक्राउ


0
Shares

दाङ, साउन ६ । दाङमा प्रहरीले प्रतिबन्धित बन्यजन्तु बाघको छालासहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जाजरकोट भेरी नगरपालिका ९ बस्ने ३२ वर्षीय राम बहादुर दमाई र रुकुम पश्चिम मुसिकोट नगरपालिका १० चौखाबाङ बस्ने ५४ वर्षीय पुर्ण सिह सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बुधबार बिहान घोराही उपमहानगरपालिका ३ गोग्लीमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।

उनीहरु शंकास्पद अवस्थामा हिडीरहेको फेला पारी नियमित चेकिङमा खटिएको प्रहरी टोलिले रोकी चेकजाँच गर्दा सिमेन्टको वोराभित्र टाटेपाटे बाघको छाला फेला परेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पुच्छरदेखि टाउँकोसम्म ५ फिट २ ईन्च लम्बाई र छातिको भागको चौडाई १ फिट ४ ईन्च भएको नङ्ग्रा र जुँगा सहितको छाला फेला परेको प्रहरी जनाएको छ ।