१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नयाँ सरकारबाट जनतामा आशा र भरोसा छैन् : कमल थापा


0
Shares

हेटौंडा, साउन ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गठबन्धनबाट बनेको नयाँ सरकारबाट जनताले धेरै आशा र भरोसा नगरेको बताउनुभएको छ ।

शान्ति, स्थिरता र समृद्धिले जनताको आशा विपरित धर्मपरिवर्तन, विदेशी चलखेल र भ्रष्टाचार ब्याप्त भएको भन्दै थापाले जनतामा निराशा र आक्रोश ब्याप्त रहेको बताउनुभयो ।

बुधबार राप्रपा मकवानपुरद्वारा हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमुलक ढंगले लादिएको समेत दाबी गर्नुभयो ।

कांग्रेस, कम्युनिष्टबिच बैचारिक, चरित्रगत, नितिगत भिन्नता नरहेको चर्चा गर्दै थापाले कांग्रेस कम्युनिष्टको विकल्प राप्रपा मात्र हुन सक्ने बिचार ब्यक्त गर्नुभयो ।

आन्तरिक बिग्रह र संघर्षबाट कम्युनिस्ट टुटफुट हुँदै कमजोर बनेको तथा कांग्रेस, कम्युनिष्टकै बैचारिक लाइनमा हिडेकोले मुकुकले बैकल्पिक शक्ति खोजिरहेको थापाको बताउनुयो ।

महाधिवेशनलाई केन्द्रमा राख्दै संगठन सुदृढीकरण अभियान संचालन गर्न थापाले जिल्लाका कार्यकर्ताहरुलाइ निर्देशन दिनुभयो ।