
काठमाडौं, साउन ६ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ ।
बुधबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन अध्यक्ष ठाकुरलाई आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री देउवाले विश्वासको मत दिएर सहयोग गरेकोमा धन्यवाद दिँदै सरकारमा पनि सामेल भएर सहयोग पु¥याउन आग्रह गर्नुभएको थियो ।
जवाफमा अध्यक्ष ठाकुरले आफूहरुको माग सम्बोधन गर्ने प्रकृया अगाडि बढाए मात्र सरकारमा आउने जवाफ दिनुभएको थियो । अध्यक्ष ठाकुरले संविधान संशोधन, झुटा मुद्दा फिर्ता, रेशम चौधरी लगायतका बन्दीहरुको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकतासम्बन्धी समस्या समाधानका विषयमा सरकारले तत्काल काम अघि बढाउनु पर्ने माग राख्नुभयो ।
प्रतिक्रिया दिनुहोस्