२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

कोरोना नियन्त्रणमा उद्योगी, व्यापारीले हातेमालो गरे छिट्टै मुक्त हुन सकिन्छ : प्रधानमन्त्री देउवा


0
Shares

काठमाडौं, साउन ६ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना (कोभिड–१९) महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान गर्नुभएको छ ।

बुधबार नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक साधारण सभामा प्रधानमन्त्री देउवाले नेपाललाई महामारीबाट मुक्त गराउन उद्योगी तथा व्यापारीहरुले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले कोभिड–१९ महामारीको समस्या समाधान गर्नु सरकारको कर्तव्य भएको उल्लेख गर्दै यसको नियन्त्रणमा उद्योगी, व्यापारीहरुले हातेमालो गरे छिट्टै मुक्त हुन सकिने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले वर्तमान अर्थमन्त्री मिहेनती भएको बताउँदै उहाँले नेपालको अर्थतन्त्रलाई सुधार गर्नेमा विश्वास गर्नुभयो ।

प्रधानमन्त्री देउवाले कोभिड–१९ महामारीको कारण धराशायी बनेको अर्थतन्त्रको समुन्नत विकासको लागि निजीक्षेत्र र सरकारले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।