१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


खोप केन्द्रको भीडले बढ्यो कोरोना संक्रमण


0
Shares

काठमाडौं, साउन ६ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले कोरोना संक्रमणको समस्या लिएर अस्पताल आउनेको संख्या वृद्धि हुन थालेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले गरेको प्रेस व्रिफिङ्मा अस्पतालका निर्देशक डा. अनुप वास्तोलाले १ हप्ताको बीचमा अस्पतालमा भर्ना हुनेको संख्या बढ्ेको बताउनुभयो ।

अस्पतालमा २१ जना जटिल स्वास्थ्य समस्या भएका व्यक्तिहरुको उपचार भईरहेको भन्दै डा. वास्तोलाले निषेधाज्ञा हट्दै जाने र स्वास्थ्य सावधानी नअपनाएकाले संक्रमितको संख्या बढेको बताउनुभयो ।

भाइरस विरुद्धको खोप अभियान चल्दै गर्दा खोप केन्द्रमा बढ्दो भिडका कारण खोप लगाएका व्यक्तिहरु समेत कोरोनाको लक्षण लिएर अस्पताल आउन थालेको उहाँले बताउनुभयो । सिकिस्त संक्रमित भएर आउनेको संख्या न्युन भए पनि विरामी हुने क्रम बढेको डा. वास्तोलाले बताउनुभयो ।

खोप लगाउन जाँदा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गर्दै उहाँले खोप केन्द्रबाटै कोरोना संक्रमणको तेस्रो लहर फैलिन सक्ने सम्भावना रहेको बताउनुभयो ।