२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


ईमेज च्यानलका समाचार प्रमुखमा संकेत कोइराला


26
Shares

काठमाडौं, साउन ६ । नेपाल पत्रकार महासंघ ईमेज च्यानलले ईमेज च्यानलका नवनियुक्त समाचार प्रमुख संकेत कोइरालालाई स्वागत गरेको छ ।

नेपाल पत्रकार महासंघ ईमेज च्यानलका संस्थापक अध्यक्षसमेत रहनुभएका नवनियुक्त समाचार प्रमुख कोइरालालाई बुधबार एक कार्यक्रमकाबीच स्वागत गरिएको हो ।

कोइरालाले सञ्चार क्षेत्रलाई समयसापेक्ष र प्रविधिमैत्री बनाउनु अहिलेको आवश्यकता भएकोमा जोड दिनुभयो । आफूले गुणस्तरीय समाचारलाई प्राथमिकतामा राख्ने भन्दै उहाँले अहिलेको युग मस्तिष्कको युग भएकाले मस्तिष्क र विचारको मूल्याङ्कन हुने पनि बताउनुभयो ।

सञ्चार जगत प्रज्ञा र चेतना फैलाउने माध्यम भएकाले असन्तुष्टिका बीच पनि सन्तुष्टि खोजेर अगाडि बढ्नु पर्ने कोइरालाको भनाइ थियो ।

नेपाल पत्रकार महासंघ ईमेज च्यानल प्रतिष्ठानका अध्यक्ष शंकर खनालले कोइरालाको कार्यकालमा ईमेज च्यानलले छुट्टै पहिचान बनाउने भन्दै सहकार्य गरेर अगाडि बढ्ने धारणा राख्नुभयो । कोइराला सञ्चार क्षेत्रको विज्ञको रूपमा समेत परिचित हुनुहुन्छ ।