३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


सुनचाँदी व्यवसायीले भेटे प्रधानमन्त्रीलाई, आभुषण क्षेत्रलाई प्रवद्र्धन गर्न सुझाव


0
Shares

काठमाडौं, साउन ६ । सुनचाँदी व्यवसायीहरुले अर्थतन्त्रका हरेक क्षेत्रलाई समेटी प्याकेज घोषणा गर्न सरकार समक्ष आग्रह गरेका छन् ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आभुषण क्षेत्रलाई प्रवद्र्धन गरी अर्थतन्त्रमा थप योगदान पुर्‍याउने बारे सुझाव प्रस्तुत गरेको हो । आगामी मौद्रिक नीति मार्फत पुनर्कर्जा, सहुलियतपूर्ण कर्जा र व्यवसाय निरन्तरता कर्जा आदिको क्षेत्र विस्तार गरी नेपाल सरकारमा दर्ता भई संचालनमा रहेका सबै उद्यम, व्यवसायले उपभोग गर्न सक्ने प्रावधान राखिनु पर्नेमा पनि महासंघले जोड दिएको छ ।

परम्परागत वस्तु मात्र निर्यात र पुरानै कार्यशैलीले व्यापार घाटाको ठूलो खाडल पुर्न नसकिने भन्दै नयाँ वस्तु र बजारमा जोड दिन महासंघले सुझाव दिएको छ । केही समयको लागि भनी २०६७ सालमा लागू गरिएको सुनको आयातमा कोटा प्रणाली हाल सम्म पनि यथावत चालू राखिएको र बैंकलाई मात्रै एकाधिकार दिइएको प्रति पनि असन्तुष्टि जनाउँदै महासंघले उक्त व्यवस्था खारेजीका लागि सरकार समक्ष आग्रह गरेको छ ।