
काठमाडौं, साउन ६ । नेपाल कम्युनिष्ट पार्टी एमालेले सर्वोच्च अदालतलको फैसलाप्रति विमती रहेको स्पष्ट पार्दै सो फैसलालाई जनतामाझ पुर्याउने निर्णय गरेको छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृती भवनमा बसेको केन्द्रीय कमिटिको बैठकले संविधानको धारा ७६(५) लाई संसोधन गर्न पहल गर्ने निर्णय पनि गरेको छ । सर्वोच्चको फैसलाले शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनलाई खल्बल्याएको भन्दै बैठकले यससँग बाझिएका असहमतिहरु जनतामा पुर्याउने प्रस्तावलाई पारित गरेको हो । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले अदालतले संविधानको निर्दलीय व्याख्या गरेको र धारा ७६(५) लाई संसोधन गर्न पार्टीले प्रयत्न गर्ने निर्णय गरेको बताउनुभयो ।
बैठकले ४ वटा प्रस्तावहरु पारित गर्दै कार्यकर्तालाई विद्यमान परिस्थितिबाट निराश नहुन आह्वान गर्दै छिट्टै पार्टीले गती लिने जनाएको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिमसम्म प्रत्यत्न गर्ने बताउनुभएको थियो। यसैबीच २२ सांसदलाई सोधिएको स्पष्टीकरणको विषयमा भोली बस्ने बैठकले निर्णय गर्ने पनि एमालेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्