
काठमाडौं, साउन ७ । कोरोना (कोभिड–१९) विरुद्धको थप १० लाख डोज भेरोसेल खोप बिहीबार अपरान्ह काठमाडौं आइपुगेको छ ।
बेइजिङबाट खोप ल्याएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।
नेपाल वायु सेवा निगमका अनुसार थप १० लाख डोज खोप लिनका लागि निगमको जहाज बिहीबार राती ११ बजे बेइजिङ जादैंछ ।
शुक्रबार दिउँसो उक्त जहाज काठमाडौं फर्कनेछ । बाँकी डोज ल्याउन शनिबार सोही जहाज बेइजिङ जानेछ ।
नेपालले चीनको खोप उत्पादक कम्पनी साइनोफार्मबाट उत्पादन भएको ४० लाख भेरोसेल खोप खरिद गरेको हो ।
प्रतिक्रिया दिनुहोस्