३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


सवारी दुर्घटना हुन नदिन सम्बद्ध पक्षको सावधानीमा राष्ट्रपतिको जोड


0
Shares

काठमाडौं, मंसिर १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्घाखाँचीमा भएको बस दुर्घटनाको खबरले आफू स्तब्ध भएको बताइन् ।

बिहीबार, ट्विट गर्दै उनले शोकाकूल परिवारमा  समवेदनाका साथ घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।

“हाम्रो देशको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै सवारी दुर्घटना हुन नदिन सम्बद्ध सबै पक्षको सावधानी आवश्यक रहेको मैले महसुस गरेको छु”, ट्विटमा भनिएको छ । रासस