
काठमाडौं, साउन ७ । नेपालमा कोरोना भाइरसका संक्रमित लगातार थपिँदै गएका छन् ।
निषेधाज्ञा खुकुलो भएसँगै संक्रमित बढ्दै गएका हुन् । बिहीबार २७ सय १४ जनामा संक्रमण देखिएको हो । १२ हजार ८ सय २९ परीक्षणबाट २१ दशमलव १६ प्रतिशतम संक्रमण देखिएको हो । जसमा पीसीआरबाट मात्रै थपिएका छन् ।
थपिएकामा काठमाडौं उपत्यकाका मात्र ७ सय ५१ जना हुन् । जसमा काठमाडौंका ५ सय ३६, ललितपुरका १ सय ३० तथा भक्तपुरका ८५ जना हुन् । त्यस्तै मोरङ्गका २ सय ४५, सुनसरीका १ सय ४९, झापाका १ सय ८ तथा कास्कीका १ सय २ जना थपिएका छन् ।
हाल सक्रिय संक्रमित बढेर २७ हजार ३ सय ७५ पुगेका छन् ।
बिहीबार १२ सय ८८ जना संक्रमणमुक्त भएका छन् । २४ जनाको मृत्यु भएको छ । अहिलेसम्म ९ हजार ६ सय ६१ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्