१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपालको बैंकिङ प्रणाली सुरक्षित : राष्ट्र बैंक


0
Shares

काठमाडौं, साउन ७ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणाली सुरक्षित रहेको दाबी गर्दै नआत्तिन आग्रह गरेको छ ।

बिहीबार बिहान राष्ट्र बैंकका अधिकारीहरुलाई एसएमएस र ईमेल मार्फत विभिन्न १५ बैंकको सिस्टम ह्याक गर्ने चेतावनी आएको थियो ।

त्यसपश्चात बैंकका अधिकारीले खोजी गर्दा बैंकीङ प्रणाली सुरक्षित रहेको र सामाजिक सञ्जालमा भाईरल गर्ने उद्देश्यले मात्र यस किसिमको सन्देश आएको देखिएको बैंकले जनाएको छ ।

बैंकका सहप्रवक्ता नारायण पोखरेलले बैंकिङ प्रणाली पूर्णतः सुरक्षित रहेको बताउनुभएको छ । प्रणालीमा कहीं कतै कुनै समस्या नरहेको भन्दै आत्तिनु पर्ने कुनै अवस्था नरहेको सहप्रवक्ता पोखरेलले बताउनुभयो । यस सम्बन्धी प्रहरी अनुसन्धान केन्द्र सिआईबीलाई समेत जानकारी गराईसकिएको एवं छानबीन भैरहेको राष्ट्र बैंकले जनाएको छ ।