
काठमाडौं, साउन ७ । विश्व बैंकले नेपालका लागि कोभिड खोप खरिद गर्न साढे १९ अर्ब रुपैयाँ बराबर ऋण सहयोग गर्ने भएको छ ।
बैंकले बिहीबार नेपालका लागि कोरोनाविरुद्ध सुरक्षित एवं प्रभावकारी खोप खरिद गर्नका लागि साढे १६ करोड अमेरिकी डलर सहयोगको प्रस्ताव पारित गरेको हो ।
यो सहयोगबाट नेपालमा डेढ करोड डोज बराबर खोप खरिद सकिने र यसबाट ६८ लाख नेपाली लाभान्वित हुने एडिबीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्