३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


पानी ढुवानी गर्ने भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु


0
Shares

मध्यपुरथिमि, मंसिर १२ । मध्यपुरथिमि नगरपालिका–५ जलाखुमा बिहीबार पानी ढुवानी गर्ने एउटा भ्यानले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।

बा १२ च ५६५६ नम्बरको भ्यानले ठक्कर दिँदा सिन्धुपाल्चोक बाह्रबिसे घर भएकी २५ वर्षीया ज्योति मगरको मृत्यु भएको मध्यपुरथिमि प्रहरी वृत्तले बताएको छ ।

भ्यानले ठक्कर दिएपछि उपचार गर्न मध्यपुर अस्पताल लगेको र अस्पतालको डाक्टरले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

प्रहरीले ठक्कर दिने भ्यान र चालक सिन्धुपाल्चोक घर भई हाल भक्तपुर जिल्ला मध्यपुर थिमि नपा–७ नगदेश बस्ने २८ वर्षका बेलबहादुर तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको पनि उनले जानकारी दिए । रासस