१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


थप २ हजार ९७७ संक्रमित, १८ जनाको मृत्यु


0
Shares

काठमाडौं, साउन ८ । देशभर पछिल्लो २४ घण्टामा २ हजार ९७७ जना कोरोना संक्रमित थपिएका छन् ।

१३ हजार ३९८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९८२ जनामा र ३ हजार ६१० जनाको एन्टिजेन परीक्षण गर्दा ९९५ जनामा संक्रमण देखिएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ६७८ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ । देशभार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६७९ पुगेको छ ।

यस्तै, काठमाडौं उपत्यकामा ६१३ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ४१०, ललतिपुर १३४ र भक्तपुरमा ६९ जना संक्रमित थपिए ।