२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


बेनी-जोमसोम सडकखण्ड पुनः अवरुद्ध


0
Shares

म्याग्दी, साउन ८ । बेनी–जोमसोम सडक सुचारु भएको दुई दिन नहुँदै पुनः अवरुद्ध भएको छ ।

गत असार २४ गतेदेखिको अविरल वर्षाका ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँहरुमा पहिरो गएपछि अवरुद्ध भएको सडक १३ दिन पछि सुचारु गरिएको थियो ।

बुधबार राती र बीहिबार भएको वर्षाका कारण ठाउँठाउँमा पहिरो आउँदा सडक पुनः अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

म्याग्दीको रघुगंगा गाउँपालिका –३ राहुघाट गलेश्वर र अन्नपूर्ण गाउँपालिका– ३ रुप्से छहरा, काभ्रेभीर लगायतका स्थानमा पहिरो गएकाले शुक्रवार बिहानैदेखि सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा मुस्ताङ र उत्तरी म्याग्दीका बासिन्दाहरु बीच बाटोमा नै अलपत्र परेका छन् । बेनी–जोमसोम सडकखण्डको स्तरोन्नतीमा परिचालन भएका निर्माण कम्पनीलाई परिचालन गरि अबरुद्ध बनेको सडक सूचारु गरिने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक विरेन्द्रराज गुरुङले बताउनुभयो ।