१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्वाचन आयोगको निर्णय रोक्न महन्थ ठाकुर सर्वोच्चमा


0
Shares

काठमाडौं, साउन ८ । जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्ने निर्वाचन आयोगको निर्णय रोकिपाउँ भन्दै अध्यक्ष महन्थ ठाकुर सर्वोच्च अदालत पुग्नु भएको छ ।

आयोगले जसपा आधिकारिकता विवादको टुंगो लगाउन साउन ११ गते केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको सनाखतबाट गर्ने निर्णय गरेको थियो ।

सो निर्णयविरुद्ध अध्यक्ष ठाकुर सर्वोच्च अदालत पुग्नुभएको हो । उहाँले वारेसमार्फत सर्वोच्च अदालतमा निर्वाचन आयोग र अध्यक्ष उपेन्द्र यादवलगायतलाई विपक्षी बनाएर रिट निवेदन पेस गर्नुभएको थियो ।

निर्वाचन आयोगले आधिकारिकताको विवाद टुंगो लगाउँदा आफूलगायतलाई अपूरणीय क्षति पुग्ने भन्दै रोक लगाउन आदेश माग्दै ठाकुर सर्वोच्च पुग्नुभएको हो ।

आधिकारिता विवाद टुंगो लगाउन इजलास गठन गरेर सुनुवाइ गरेको आयोगले बिहीबार मात्र १२ असार २०७७ मा दर्ता भएको कार्यकारिणी समितिका सदस्यहरुलाई सनाखतका लागि ११ साउनमा बोलाउने निर्णय गरेको थियो ।