
जनकपुर, मंसिर १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार जनकपुरस्थित रामजानकी मन्दिरमा पूजाअर्चना गरेकी छन् ।
रामजानकी विवाह पञ्चमी महोत्सवमा सहभागी हुन भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्न जनकपुर पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले रामजानकी मन्दिरमा पूजाआजा गरेकी हुन् ।
राष्ट्रपति भण्डारीलाई जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले पूजापाठ गराएका थिए ।
राष्ट्रपतिसंगै आएकी भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्याल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पनि पूजापाठ गरेका थिए ।
शुक्रबार दिउँसो रंगभूमि मैदान बारह विघामा भारत अयोध्याबाट आएका जन्तीलाई स्वागत तथा सम्बोधन गरी राष्ट्रपति भण्डारी काठमाडौं फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्