
तस्बिर फाइल
काठमाडौं, साउन १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालप्रति पुनः आक्रोश पोख्नुभएको छ ।
नेपाल महिला संघको आइतबार सम्पन्न भर्चुअल बैठकमा ओली पुनः नेता नेपालमाथि खनिनुभएको हो ।
नेपालले पार्टी ध्वस्त बनाएको भन्दै नेपाललाई बिकाउ मालको संज्ञा नै दिनुभयो । ओलीले एमाले पार्टीलाई जोगाउन नेपाल समूहमा रहेका नेता कार्यकर्ताहरुलाई फर्कन आग्रह गर्नुभयो ।
नेपालको पछि लागेर आफ्नो भविष्य सखाप नपार्न भन्दै ओलीले उनीहरुलाई पार्टीमा फर्किन आग्रह गर्नुभएको छ ।
पार्टीविरोधी षडयन्त्रको चक्रबाट बाहिर निस्कन कार्यकर्ताहरुलाई ओलीले आग्रह गर्नुएभयो । नेपाल समूह सत्तारुढ गठबन्धनबाट नबाहिरिएसंगे ओली नेपालप्रति थप आक्रोशित हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्