१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


यातायात व्यावसायीले सरकारलाई बुझाए साँचो


0
Shares

काठमाडौं, साउन १० । भाडावृद्धि लयायत विभिन्न माग राखी आन्दोलनरत यातायात व्यवसायीले सरकालाई गाडीको साँचो बुझाएका छन् ।

विभिन्न सातबुँदे माग राख्दै सार्वजनिक यातायात व्यवसायी केन्द्रीय महासंघ नेपालका पदाधिकारीले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत सरकारलाई साँचो बुझाएका हुन् ।

व्यवसायीका प्रतिनिधिले आइतबार कठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई साँचो र मागपत्र हस्तारन्तरण गरेका हुन् ।

कोराना महामारीबाट यातायात क्षेत्रमा पर्न गएको प्रभावबारे महासंघले विभिन्न निकायमा मागपत्र बुझाए पनि कहींबाट पनि सम्बोधन नभएकाले साँचो बुझाउनुपरेको महासंघले जनाएको छ ।

महामारीबाट प्रभावित यातायात व्यवसायीले कुनै राहत सुविधा नपाएको उनीहरुको गुनासो छ । यातायात व्यवसायीलाई कारोनाविरुद्धको खोप, भाडादर समायोजन, कर्जाको ब्याज पुँजीकरण गरी ६ महिना ब्याज मात्रै तिर्न पाउनुपर्ने, आधार ब्याजदरमै कर्जा पाउनुपर्ने, गाडीको अवधि १० वर्ष थप गर्नुपर्नेलगायत माग यातायात व्यवसायीले राख्दै आएका छन् ।