
तस्बिर : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको फेसबुकबाट
काठमाडौं, साउन १० । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैसँग राखेर आइतबार सांसद उमेश श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
श्रेष्ठ निजी विद्यालय सञ्चालक हुनुहुन्छ । उहाँको ललितपुरस्थित हात्तीवनमा लिटिल एन्जल्स स्कूल तथा कलेज सञ्चालनमा छ ।
यसअघि, सांसद श्रेष्ठ प्याब्सन र उच्च माध्यमिक विद्यालयहरूको संगठन (हिसान) का संस्थापक अध्यक्षसमेत रहिसक्नुभएको छ ।
थुप्रै व्यवसायमा लगानी गर्नुभएका श्रेष्ठलाई नेपाली कांग्रेसले समानुपातिक तर्फको कोटामा सांसद बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्