४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


शेयर बजारमा उछाल, नेप्से ५४ अंकले बढ्यो


0
Shares

काठमाडौं, साउन १० । साताको सुरुको दिन आइतबार शेयर बजारमा उछाल आयो ।

शेयर बजारले पुनः रेकर्ड कायम गरेको छ । नेप्से ५४ अंकले उकालो लागेर ३ हजार ५८ को उचाइ कायम भयो ।

कारोबार पनि सुधारिएर सवा १४ अर्ब बराबर पुग्यो । होटल तथा पर्यटन र सामुहिक लगानी कोष सामान्य अंकले रातो रहेबाहेक अरु सबै समूहमा आज हरियाली छायो ।

वाणिज्य बैंक समूहमा ७२ अंकको उच्च बृद्धि आएसंगै नेप्सेमा उछाल आएको हो । लघुवित्त समूहमा सबैभन्दा उच्च ८६ अंकको वृद्धि आयो ।

उत्पादनमूलक र जलविद्युत समूह पनि दुवै ७१ अंकले उकालो लागे । बीमा, वित्त र विकास बैंक समूह पनि दोहोरो अंकले उक्लिए । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २३ कम्पनीको ४ करोड ४० लाख कित्ता बराबर शेयर १४ अर्ब २४ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।