७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


त्रिविको २३ अर्बको बजेट पारित


0
Shares

काठमाडौं, मंसिर १३ । त्रिभुवन विश्वविद्यालयले २३ अर्ब ५ करोड ८८ लाख ६८ हजारको बजेट पास गरेको छ ।

शिक्षामन्त्री गिरिराजमणी पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको त्रिवि सिनेट बैठकले ८ अर्ब ५१ करोड ४५ लाख सञ्चालन तथा पुँजीगत खर्च र ६१ करोड ८५ लाख विकास कार्यक्रमका लागि छुट्याइएको बजेट पास गरेको हो ।

गत भदौमा नै बस्नु पर्ने सिनेट बैठक त्रिवि नेतृत्वविहीन हुँदा ढिला गरी बसेको हो ।

बैठकलाई सम्बोधन गर्दै शिक्षा मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थित ढंगबाट चल्न नसक्दा उसिनेको चाउचाउ जस्तो भएको टिप्पणी गरे ।

बैठकमा त्रिविका उपकुलपति डा. धर्मकान्त बास्कोटाले प्रतिधिमैत्री विश्वविद्यालय, अनुन्धानकार्यलाई प्राथमिकता, भौतिक पूर्वाधारमा सुधार र उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्दै लैजाने उद्धेश्यसहित आफुले नेतृत्व लिएको बताए ।

कार्यक्रममा रेक्टर सुधा त्रिपाटीले उच्च शिक्षा नीति कसरी बनिरहेको छ ? कहाँ छ ? भन्ने सम्मको जानकारी आफुहरुले नपाएको भन्दै सरकार आफै अलमल अवस्था रहेको टिप्पणी गरीन् ।

अनुसन्धान क्षेत्रलाई बढाउन यस बर्ष ६० लाख ४६ हजार रकम छुट्याइएको छ भने प्राविधिक शिक्षाको सुधार र विस्तारका लागि १५ करोड ४६ लाख रकम छुट्याइएको छ ।